Tribhuwan University

वनविज्ञान अध्ययन सस्ंथानको विद्यापरिषदको बैठक सम्पन्न ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थाको ६९ औं विद्यापरिषदको बैठक सम्पन्न मिति २०७६ साउन १५ गते भएको छ ।
उपकुलपतिको कार्यालयको सभाकक्षमा आयोजित विद्यापरिषद् बैठकले स्नातकोत्तर तहको पाठ्यक्रम तथा शैक्षिक कार्यक्रमहरु सम्बन्धमा बिभिन्न मिति र समयमा भएको निर्णयहरुको स्वीकृति गर्नुका साथै परीक्षा व्यवस्थापन सम्बन्धी कार्यविधी २०७६ समेत पारित गरेको छ । विद्यापरिषदको उक्त बैठकले स्नातक तह चौथो बर्ष दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टनसिप गराउने सम्बन्धी कार्यविधि समेत स्वीकृत गरेको छ । विद्यापरिषदको बैठकलाई सम्बोधन गर्नुहँुदै त्रिविका शिक्षाध्यक्ष एव्म बैठकका प्रमुख अतिथी प्रा.डा.सुधा त्रिपाठीले सामुदायिक बन व्यवस्थापन विश्वकै उदाहरण बनिरहेको सन्र्दभमा वन विज्ञान अध्ययन संस्थानले बनको दिगो व्यवस्थापन र प्राकृतिक विपत्तिहरुका बारे अध्ययन÷अध्यापनमा पाठ्यक्रम संशोधन गर्दै समयानुकुल अघि बढन सुझाव दिनुभएको थियो ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले सरकारी निकायहरुसँग समन्वय गरी देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति निर्माणमा वनविज्ञान अध्ययन संस्थानले महतत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले सरकारका सम्वन्धित निकायहरुको सहयोगमार्फत अध्ययन तथा अनुसन्धानअघि वढाउनुपर्ने धारणा व्यक्त गर्नुहुदै इन्टरसिपको कार्यान्वयनलाई सफलत बनाउन सम्वन्धित सबै पक्षको ध्यानाकर्षण गराउनुभएको थियो । बैठकमा वनविज्ञान अध्ययन संस्थानका डीन प्रा.डा.कृष्णराज तिवारीले वनविज्ञान अध्ययन संस्थान राष्ट्रिय तथा अन्तराष्ट्रिय आवश्यकतालाई सम्वोधन गर्न आफ्ना पाठ्यक्रमहरुलाई समयानुकुल परिमार्जित गर्दै आइरहको बताउनुभयो । सम्वन्धित एव्ं रोजगारदाता निकायहरुलाई पाठ्यक्रममा निर्माणमा समेत सहभागिता गराइएको जानकारी गराउनुहुँदै उहाँले विद्यापरिषद्मा उठेका सबै सुझावहरुलाई यथोचित ग्रहण गरिने बताउनुभयो । बैठकमा बन तथा भूसंरक्षण विभागका कार्यकारी निर्देशक डा.रामप्रसाद लम्साल, त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा ऋदिशकुमार पोखरेल, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा पारसनाथ यादव लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।