Tribhuwan University

सूचना प्रविधी नवप्रवर्तन केन्द्रको निर्देशकको जिम्मेवारीमा  प्रा.डा सुबर्ण शाक्य


 त्रिभुवन विश्वविद्यालयले  सूचना प्रविधी  नवप्रवर्तन केन्द्र कीर्तिपुरको निर्देशकको जिम्मेवारी  प्रा.डा सुर्बण शाक्य दिएको छ  । पुल्चोक क्याम्पसका प्राध्यापक उहाँलाई त्रि.वि. कार्यकारी परिषदको मिति २०७७।०५।३१ को निर्णयानुसार पूल्चोक क्याम्पसमा गरी आएको कार्यमा कुनैपनि असर नहुनेगरी मिति २०७७।०६।१ गतेदेखि लागु हुनेगरी निर्देशकको जिम्मेवारी दिइएको हो । 
प्रा.डा शाक्यले २०७७।६।२ गते कीर्तिपुर स्थित सूचना प्रविधी  नवप्रर्वतन केन्द्रमा पदवहाली गर्नुभएको छ । उहाँलाई त्रिवि,नियम,विनियम,कार्यविधी एवम् व्यवस्थापन प्रणाली तथा प्रचलित कानुन वमोजिम गर्न र गराउन समेत अनुरोध गरिएको छ ।